२०८१ जेष्ठ ७, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनले आफूहरुले जानेसम्म सुरक्षित किसिमको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाएर निशुल्क बाँडेको बताएका छन् ।
तर, आफूहरुले निशुल्क बाँडेको पीपीईलाई कसैले गुणस्तरहीन भन्दै टिप्पणी गरेको इंगित गर्दै उनले ट्वीटरमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

आफूहरुले पीपीई बनाएर फ्रीमा बाँडेर कोरोनाभाइरस रोकथाम तथा उपचारमा सहयोग गर्ने प्रयास गरेको पुनले बताएका छन् ।

उनले लेखेका छन्, ‘हामीले जानेसम्म सुरक्षित बनाएर फ्रीमा बाँडेको पीपीईको बारेमाः- केही खानेकुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पीडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने ?– हैट कन्दमुल र झारपात किन खाएको ? मासु भात, दुध दही, फलफुलहरु पो खानुपर्छ, यस्तो झारपात खाएर मर्लाउ ।’

फेसबुक प्रतिक्रियाहरु