२०८१ बैशाख २४, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडाैं, चैत १९ :  कोरोना भाइरसको संक्रमणबाट इंग्ल्याण्डको काउन्टी क्रिकेट क्लब लंकाशायरका अध्यक्ष डेविड होज्किसको निधन भएको छ। कोरोनाबाट संक्रमित ७१ वर्षीय डेविडको उपचारका क्रममा निधन भएको हो।

लंकासायरका क्लबका प्रवक्ताले कोरोनाका कारण डेविडको उपचारका क्रममा निधन भएको बताएका छन्। डेविड सन् २००७ देखि लगातार क्लबका अध्यक्ष रहँदै आएका थिए।

विश्वरभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही दिनअघि पाकिस्तानका स्वास खेलाडी आजम खान, स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्ज र स्पेनकै मालागको एक स्थानीय क्लबका प्रशिक्षक फ्रान्सिस्को गारिकाको मत्यु भएको थियो।

विश्वभर अहिले ८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४२ हजार बढीले ज्यान गुमाइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु