२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडाैं । नेपालबाट बिदा मनाएर अष्ट्रेलिया  फर्किएका एक विद्यार्थी कोरोना भाइरस संक्रमित देखिएको छ ।

अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए ।

तास्मानियाको जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले नेपालबाट आएका ती युवालाई सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिएको तर उनले त्यसलाई पालना नगरेको जानकारी दिएका छन् । नेपाली युवाको परिचय भने गोप्य राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु