२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

ललितपुर, फागुन २५ । कोरोना भाइरस (कोभिड १९) को आशंकामा पाटन हस्पिटलमा दुई जना भर्ना भएका छन् ।

आइतबार विहान अस्पताल आएका दुईजनामा कोरोनाको लक्षण देखा परेपछी भर्ना गरेर निगरानी बढाइ उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

नेपालमा अहिलेसम्म कसैमा पनि कोरोना भाइरस नदेखिएको बेला ललितपुरको पाटन अस्पतालमा दुई जना विरामीलाई त्यसको आशंका गरिएको हो ।

‘अहिलेसम्म रिपोर्ट लिने काम भइरहेको छ’, अस्पताल स्रोतले भन्यो, ‘कोरोना हो होइन पुष्टि भइसकेको छैन, हामीले विशेष सावधानी अपनाएका छौं ।’
अस्पतालले दुईजना व्यक्तीहरुको नाम समेत गोप्य राखेको छ ।
उनिहरु वैदेशिक रोजगारबाट फर्किएका थिए ।

फेसबुक प्रतिक्रियाहरु