२०८१ बैशाख २५, मङ्लबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौँ — नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ ।उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ ।  सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो ।

क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रियविमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएरातिअवतरण गराएका कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

सो कम्पनीसँग तीन एअरबस ए३२०२१४ र एक एयरबस ए३१९११५ गरी चारवटा जहाज भएका छन् । एयरबस ए३१९११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए३२० परिवारकै जहाजहो । एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारोबडीदुई इन्जिनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीलाईल्याउनेलाने गर्छ ।

कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमीक्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेखगरेको छ । यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासाअलि जस्ता गन्तव्यस्थलहरुमा उडान गरी धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदानगर्नेछ ।

सो एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नोउपस्थिति बढाउँदै गएको छ । एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा कम्पनीकोसञ्चाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने रणनीतिअनुरुप जहाज थपिएको बताउनुभएकोविज्ञप्तिमा जनाइएको छ । उनले हिमालयलाई देश र मध्यपूर्वी क्षेत्रकै उत्कृष्टएयरलाइन्सका रुपमा स्थापित गर्ने योजनाअनुरुप सन् २०२१ सम्म ए ३१९ का दुई जहाजथपिने बताए ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलेनयाँ जहाजको प्रवेश संस्थाको जहाज थप गर्ने योजनामा एउटा कोशेढुङ्गा भएको बताए  एयरलाइन्सले सन् २०१६ मे ३१ बाट ए ३२०११४ सिरिजको १५८ सिट क्षमताको जहाजका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रासुरु गरेको थियो । चार वर्षको अन्तरालमै एअरलाइन्सले ६ देशका १० वटा गन्तव्यस्थलमाआफ्नो सञ्जाल स्थापित गरिसकेको कान्तिपुरमा खबर छ ।

एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमादोहादमामढाकाक्वालालम्पुरआबुधाबी र चीनको चाङसागुइयाङसेनजेनबेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु