२०८१ बैशाख २५, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

सुनसरी: बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेसँगै कारागार चलान भएका छन् । उच्च अदालतको आदेश अनुसार आत्मसमर्पण गरेसंगै गिरीलाई तत्कालै झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको हो।

 गिरीलाइ  उच्च अदालतले माघ १९ गते थुनामा राखेर थप कारबाही अगाडि बढाउन आदेश दिएकै दिन जोगवनी नाका भएर भारततर्फ भागेका थिए । फरार भएको एक महिनापछि गिरीले सुनसरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

एक महिला अनुयायीले आफूलाई सिद्धबाबाले दीक्षा दिने बहानामा कात्तिक ४ गते राति बलात्कार गरेको उजुरी दिएकी थिइन् । त्यस पछि उनी पक्राउ परेका थिए । उजुरीउपर सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि पीडित महिला उच्च अदालत पुगेकी थिइन् ।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अर्को आदेश दिएको थियो । तर उनी उच्च अदालतको आदेश जारी हुन अगाडि नै फरार भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु