२०८१ बैशाख २५, मङ्लबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं : ७० करोड कमिसन मागेको भिडियो टेप बाहिर आएपछि राजिनामा दिएका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अक्तियारमा छापा मारेको छ । छापा मारि कागज पत्र नियन्त्रणमा लिनुको साथै  मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले बताएको छ ।

अक्तियारले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा अध्ययन थालेको हो। अडियो सार्वजनिक भइसकेपछि उजुरी पर्नु पर्दैन, अख्तियारले यसैलाई आधार बनाएर छानबिन अघि बढाएको हो। अक्तियारले अडियोको प्रमाणीकरण गर्ने बताएको छ। साथै ‘डिल’ गर्ने एजेन्ट विजयप्रकाश मिश्रलाई पनि छानबिनको दायरामा ल्याउने भएको  छ ।

बाँस्कोटाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुन सक्छ। ऐनको दफा २१ मा भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय हुने कसुर गर्न उद्योग गर्नेलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ।

यस्तै दफा ३ मा राष्ट्रसेवकले कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिएबापत वा नगर्न वा नगराइदिएबापत आफ्नो वा अरू कसैका निमित्त रिसवत लिएमा वा लिन मञ्जुर गरेमा रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्राअनुसार कैद र बिगोबमोजिम जरिबाना हुने उल्लेख छ। रिसवत लिइसकेको भए त्योसमेत जफत हुने ऐनमा व्यवस्था छ। उक्त दफाको १ (झ) मा एक करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि आठ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ। यस्तै सार्वजनिक पदाधिकारीका हकमा थप तीन वर्ष कैद हुने व्यवस्था छ। बाँस्कोटाले भ्रष्टाचार उद्योग गरेको ठहर भएमा ८ वर्षसम्म कैद र बिगोको आधार सजाय हुन सक्नेछ।

फेसबुक प्रतिक्रियाहरु