२०८१ जेष्ठ ६, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ । एमसीसी बारे अध्ययन गरी सुझाव पेश गर्न बनेको  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले  प्रतिवेदन तयार पारेको छ ।

शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा  बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो ।

कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित थिए | कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलका सदस्य रावलका अनुसार सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ  । नेकपा केन्द्रीय समिति बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु