२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

✍️ लक्ष्मण गौतम

नेपालमा वामपन्थी वर्चस्व बढ्दै जानुमा वामहरूको असल काम भन्दा कांग्रेसको असफल नेत्रित्व असफल निती र मौनता जिम्मेवार छ । कांग्रेस आफुले गरेका राम्रो कामका बारेमा बोल्न सक्दैन नत बामपन्थी सरकारका नराम्रा कामका बारेमा बोल्न , लेख्न सक्छ । सक्षमता र योग्यतालाई आधार बनाएर प्रजातान्त्रिक तरिकाले नेत्रित्व छान्नु पर्नेमा तेरो र मेरो , बढी र कम चाप्लुसी/चाकडी र गुटका आधारमा टिके प्रथाबाट पद बाड्दा कांग्रेस र कांग्रेसका भात्री संगठन न बोल्न सक्छन न लेख्न सक्छन । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झै जिम्बेवार पदमा बसेकाहरुमा पद प्रति न्याय गर्ने खुवी हुनै पर्छ , पार्टीको निती बिचार र रणनिती आम कार्यकर्ता र जनता माझ पुराउने क्षमता हुनै पर्छ । नेत्रित्व लिन चाहने ब्यक्त्ती सामाजिक आर्थिक बौद्दिक र भौतिक रुपमा सक्षम हुनै पर्छ ।

वाईड बडी काण्ड आयो कांग्रेस चुप
निर्मला काण्ड आयो कांग्रेस चुप
4G काण्ड आयो कांग्रेस चुप
वालुवाटार काण्ड आयो कांग्रेस चुप
गुठी काण्ड आयो कांग्रेस चुप
मिडिया बिध्येक काण्ड आयो कांग्रेस चुप
लिपुलेक कालापानी गयो कांग्रेस चुप
सरकार पुरै काण्डै काण्डमा रोमलिएर खुलेआम भ्रष्ट्राचारमा लिप्त हुँदा पनि प्रतिपक्ष किन चुप ? कांग्रेसको आन्दोलन सामाजिक संजालमा फोटो हाल्नका लागि मात्र नभएर देशमा मौलाएको भ्रष्ट्राचार बेथिती कुशासन र अधिनायकबादका बिरुद्द हुनु पर्छ । कांग्रेसको आन्दोलन नेपाल र नेपालीको बिकास र जिवनस्थर सुधारका लागि हुनु पर्दछ ।

पार्टीको निती समय र समाजको आवस्यकता अनुसार परिवर्तन परिमार्जित हुँदै जान्छ । स्व बिपी कोईरालाले बोकेको राजतन्त्र स्व गिरिजा प्रसाद कोईराला सम्म आईपुग्दा कांग्रेस राजतन्त्र छाडेर गणतन्त्रमा जानै पर्ने राजनितीक बाध्यतामा पर्यो । राजतन्त्र नेपाली जनताको आन्दोलनबाट फालियो कि छिमेकी मुलुक भारतको दबाव र स्वार्थमा त्यो चाही समिक्षाको बिषय नै हो । गणतन्त्र धर्मनिरपेक्षता र संघियता नेपाल र नेपालीको हित वा अहितमा छ तेसको रिजल्ट अबको केही बर्षमा हामीले अवस्य पाउने नै छौ

कांग्रेस चुनाव हार्नुका प्रमुख कारणहरु –
१- टिकट बितरण : टिकट दिदा गुट र भागबण्डाका आधारमा नभएर चुनाव जित्न सक्ने ब्यक्त्तीलाई टिकट दिन नसक्नु ।
२- टिकटका आकांक्षीहरुलाई उमेद्वारले समेट्न नसक्नु ।
३- कांग्रेसले देखाएको प्रधानमन्त्रीको टाउकोलाई जनताले विश्वाश नगर्नु ।
४- आफुले गरेको कामका बारेमा कांग्रेस बोल्न नसक्नु ।
५- चुनावका बेला कांग्रेस सँग कुनै पनि जनता आकर्षित एजेन्डा नहुनु ।

अब कांग्रेसले चुनाव जित्न नेकपाले गरेका नराम्रा कामहरुको फाईल मात्र पर्याप्त हुँदैन । कांग्रेस फेरी पहिलो पार्टी बन्नका लागि अब आउने महाधिवेशन बाट जनताले विश्वाश गर्न सक्ने नेत्रित्व छान्नुको बिकल्प छैन । अब कांग्रेसले आफ्ना भात्री संगठनहरुको नेत्रित्व टिके प्रथाबाट नभएर प्रजातान्त्रिक तरिकाबाट ( भोटिङ ) छान्न सक्नु पर्यो । अब कांग्रेस नेकपाले झै आरोप प्रत्यारोप गाली गलोज होईन बिकासका खाका लिएर जनता माझ जान र जनतालाई बुझाउन सक्नु पर्यो । नेपालका जनता अब राजनितीक परिवर्तन सत्ता परिवर्तन होईन बिकास देख्न चाहन्छन ।

✍️ लक्ष्मण गौतम
नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य

फेसबुक प्रतिक्रियाहरु