२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । यौन दुराचारको आरोप लागेपछि निलम्बित रहेको उहाको पद काठमाडौं जिल्ला अदालतले सफाइ दिएसंगै फुकुवा भएको हो ।
 
काठमान्डौ जिल्ला अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो। सभामुख अग्नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी दिएका छन ।
यौन दूराचारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। महराविरुद्ध प्रहरीले यौन दुराचारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो।

फेसबुक प्रतिक्रियाहरु