२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौँ — सरकारले पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाइ  कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेको छ ।

तुम्बाहाङ्फेले आजै सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

समाजबादी  पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो ।

अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।

उनलाई माघ १४ गते बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । पार्टी एकीकरणअघि तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य थिइन् ।

फेसबुक प्रतिक्रियाहरु