२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

प्रेम दिवसको अवसरमा गायिका इन्दिरा तिवारीले ‘हल्का हल्का गुनगुनायो’ बोलको गीत सार्वजनिक गरेकी छिन् । तिवारीलाई युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् भने अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।

महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतमा प्रकाश केसीको मिक्सिङ र माष्टरिङ, निशान कश्यपको निर्देशन, प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ भने गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानको मुख्य अभिनय रहेको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन ड्रोनमा सुरेश काफ्ले रहेको छन् ।

फेसबुक प्रतिक्रियाहरु