२०८१ बैशाख २६, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमान्डौ: नेपालि काँग्रेसले गच्छदारविरुद्ध दायरमुद्दाको विषयमा पार्टी लगाएत सबै  भ्रातृ संस्थाहरुलाई सडक संघर्षमा उतार्ने रणनीति लिएको छ ।

उप-सभापति बिजय गच्छदारलाई बालुवाटार प्रकरणमा अक्तियारले मुद्दा दाएर गरेपछि  सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको आकस्मिक बैठकले गच्छदारको पक्षमा सडक तताउने निर्णय गरेको हो ।

पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच भएको  छलफलमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए।

कानुन व्यवसायीका तर्फबाट डेमोक्रेटिक लयर्स एसोशिएसन (डिएलए)का अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष भरतप्रसाद खरेल, कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशन महासचिव लिलामणि पौडेल र बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे,सीताराम केसी र एकराज पोखरेल छलफलमा सहभागी थिए ।

यसैबीच काँग्रेसले संघीय संसदको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । यस विषयमा थप जानकारी गराउन बिहीबार अपराह्न सवा ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु