२०८१ बैशाख २४, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

टोकियो, फेरी एक नेपाली युबा बक्सीन्ग खेलाडी प्रचण्ड के सी ले राजधानी टोकियोको कोउराकुएन हलमा भएको “डाईनामिक ग्लोव “ शिर्षकको बक्सीन्ग भिडन्तमा जापानीज खेलाडी आईहारा (बर्ष २६)लाई रिन्गमा पराजीत गरी नेपाली युवा बक्सर प्रचण्ड केसी (बर्ष २४)बिजयी भएका छन् ।

तीन चरणको संघर्षपूर्ण खेलको अन्तिम समयमा जापानी खेलाडीमाथी मुक्का प्रहार गरेर रिङमा ढाल्दै प्रचण्डले नेपाली झण्डा फहराएका थिए ।
५३.५ किलो तौल समुहमा भएको भिडन्तमा रिङ बाटै प्रचण्डले नेपाल भ्रमणबर्षको समेत प्रचार गरेका थिए ।


प्रचण्डले नेपाल भ्रमणबर्ष२०२० लेखिएको टिसर्ट लगाएर रिङबाटै सयौं जापानीमाझ नेपाल भ्रमणबर्षको प्रचार गरेका हुन् ।
पाँच सय बढी जापानी र सयको हाराहारीमा नेपालीहरुले उपस्थीती जनाई उनलाई साथ र समर्थन दिई हौसला बढाएका थिए । उक्त खेलको जापानीज टिभी च्यानल Japan tv cs g+ टेलिभिजन च्यानले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।


खेलमा बिजयी भएसँगै प्रचण्डले आफुलाई हलसम्म आएर साथ र सहयोग गर्ने जापानवासी नेपाली दाजुभाई दिदीबहीनी हरु र बिभीन्न माध्यमबाट हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरे ।

खेल माध्मबाटै जापानमा नेपालको नाम अझै चम्काउदै जाने र भबिष्यमा पनी निरन्तर सहयोग साथ र सपोर्टको आशा राखेको बताए ।

फेसबुक प्रतिक्रियाहरु