चिसो सुरु हुनासाथै रुघाखोकी लाग्नु र घाँटी खराब हुनु आम समस्या हो । यसबाहेक चिसो मौसममा धेरै हुने अर्को समस्या छातीमा कफ जम्ने हो ।
छातीमा कफ जम्नाले सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्याहरु जन्माउँछ । यसबाट छुटकारा पाउनको लागि मानिसहरुले विभिन्न किसिमका औषधिको सेवन गर्छन् । तर, कुनै सफलता हात पर्दैन ।
आज हामी तपाईंलाई केही घरेलु उपायहरु बताउन गइरहेका छौं जसले कफ जम्ने समस्यालाई सजिलै समाधान गर्छ ।
मह र कागती
एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसले तपाईंको घाँटीलाई आराम मिल्छ । महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ ।
त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले तपाईंको घाँटीलाई तुरुन्त आराम पुर्याउँछ ।
मरिच
मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रश्वासको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई निमिट्यान्न गरिदिन्छ ।
मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउनुहोस् ।
अंगुरको जुस
अंगुर बिभिन्न रोगहरुको लागि फाइदाजनक हुन्छ । यसमा होरोस्टिलवेन नामक पदार्थ पाइन्छ जुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । अंगुरमा हुने एक्सपेक्टोरेन्ट छाती र फोक्सोबाट कफ निकाल्नमा सहायक हुन्छ ।
छातीमा जम्मा भएको कफ निकाल्नको लागि अंगुरको जुसमा दुई चम्चा मह मिसाउनुहोस् र सँधै पिउनुहोस् । अंगुरको जुसमा नुन र मरिच मिसाएर पिउनाले छिटो फाइदा हुन्छ ।
तातो पानी
कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुहोस् । यसले तपाइर्ंको छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि तपाईं आफूलाई हाइड्रेट राख्न सक्नुहुन्छ ।
नुन-पानीले कुल्ला
नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।
बेसार
तातोपानीमा एक चम्चा बेसार मिसाउनुहोस् । बेसारमा कुरक्युमिन नामक एक तत्व पाइन्छ, जसमा धेरै नै शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।