२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

सोल । दक्षिण कोरियाकी एक ६ वर्षीया बालिकाले आफ्नो युट्युव च्यानलबाटल करिब ८८ करोड रुपैंया कमाएकी छन । यो रकमले उनको परिवारले सियोलमा ५ तले भब्य महल खरीद गरेका छन । सन १९५० मा शहरको बिच भागमा पर्नेे यो महल २ सय ५८ बर्गमिटरमा फैलिएको छ । यो भवनको प्रयोगकाबारे उनको परिवारको कम्पनीले योजना बनाइरहेको छ ।
बोरिमको च्यानलको ३ करोडभन्दा बढी सब्सक्राइबर छन । उनका २ वटा च्यानल छन । एउटा खेलौना रिभ्यू(समिक्षा) र अर्को भिडियो ब्लक । पहिलो च्यानल खेलौना रिभ्यूका १.३६ करोड सब्सक्राइबर छन भने दोस्रो भिडियो ब्लकको १.७८ करोड छन ।


दोस्रो च्यानल ब्लकमा उनी आफ्नो परिवारको दैनिकी अपलोड गर्छिन । बोरमको टु ट्युब च्यानल यतिबेला दक्षिण कोरिया पूरै देशमा लोकप्रिय बन्दै गएको छ । र संयुक्त रुपमा उनको च्यानल देशकै धेरै कमाई गर्ने टु ट्युब च्यानल बन्न पनि पुगेको छ । एक युजर लेख्छन– ‘म पूरा जिन्दगीभर यति कमाउन सक्दिन, जब की बोरमले एक बर्षमा कमाइन् ।’

फेसबुक प्रतिक्रियाहरु