२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

पेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान पौने आठ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए ।
मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ ।
जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्नेक्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको बताए । उनले भने– करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन् ।
घाइतेहरुमा आठ जना प्रहरी र पाँच जना सर्वसाधारण रहेका छन् । तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चार माध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु