नयाँदिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा मंगलबार बिहान भएको एक सडक दुर्घटनामा परी छ जनाको मृत्यु हुनुको साथै अन्य ४५ घाइते भएका छन् । बस एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ ।
झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको थियो । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको हो ।
दुर्घटना भएको सो स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको त्यहाँको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका छ जनालाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको छ । घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।