२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

आदिस अबाबा । इथियोपियाका प्रधान सेनापतिको हत्या भएको छ । उनको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् ।

टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिए ।

सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए ।

उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ । सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु