२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार राती सो जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा उनलाई रक्षामन्त्री नियुक्त गरेका हुन ।
पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ । अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ ।
रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए ।
त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले उनलाई नै रक्षामन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
गत वर्षको डिसेम्बरदेखि अमेरिकामा रक्षामन्त्री थिएनन् । उक्त मन्त्रालयमा काम चलाउ मन्त्रीका रुपमा नियुक्त गरिँदै आइएको थियो ।
गत वर्षको डिसेम्बर महिनामा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिस्ले राजिनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् ।

फेसबुक प्रतिक्रियाहरु