२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौँ — नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय दाहाललाई जिम्मेवारी दिएको हो।

बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षालाई केन्द्रमा राखेर नीति कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरेको छ । ‘सिंगो राष्ट्रको एकता, राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रीक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको जनाएको छ  ।

बैठकमा पार्टी विधान संशोधन कार्यदलले मंगलबार पेस गरेको विधान मस्यौदामाथि नेताहरुले आफ्ना धारणा राखेका थिए । नेताहरुका सुझावलाई समेत ध्यान दिएर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय गरेको छ ।

आगामी बैठकमा संगठनात्मक कार्ययोजना र अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।  बैठकले कोभिड–१९ को संक्रमणको विरुद्धको जनचेतना अभियान संचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।