२०८३ साउन ११, सोमवार
  • newsportal ४ वर्ष अगाडि

काठमाडौँ :  नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ । अन्यत्र भने टुङ्गो लागिसकेको छ ।

निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबैले टिकट पाएका छन् । सचिव रामकुमारी झाक्री गुल्मी- २ बाट उठ्ने भएकी छन् । तनहुँ- २ बाट जितेका किसान श्रेष्ठ बारा- ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ- १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् । अन्तिम समया कुनै हेरफेर नभए यहीअनुसार उम्मेदवारी हुनेछ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा – धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी – प्रेमबहादुर आले

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ