२०८३ साउन ३१, आइतवार
  • newsportal २ वर्ष अगाडि

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई टेलिफोन गरेका छन् ।

केपी ओलीले सार्बाजानीक रुपमा दिने अभिव्यक्तिका  कारण टाढा रहेको नेपाललाई फोन गरेर ओलीले स्वास्थ्य लाभको कामना गर्नुका साथै गठबन्धनमा आउन आग्रह समेत गरेको बुझिएको छ ।

उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए । ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए ।

कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’

यसअघि प्रचण्ड-देउवासहित गठबन्धनमा रहेको एकीकृत समाजवादी र एमालेबीच अब नयाँ सत्ता गठबन्धन निर्माणसँगै कस्तो सम्बन्ध कायम रहला भन्ने जिज्ञासाबीच नेपाललाई ओलीको फोन गएको हो ।

पुनले भने, ‘उहाँहरुबीच पार्टी फुट्दा केही तिक्तता पक्कै भएका होलान् । तर यो सहकार्यमा हामी सँगै हुन्छौं ।’ पुनले  भने ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।