२०८३ साउन ३१, आइतवार
  • newsportal ३ वर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न माधब नेपाललाइ प्रस्ताव गर्दा कांग्रेससँग सोध्न गएको भन्दै व्यंग्य गरेका छन्।

शनिबार आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ओलीले व्यंग्य गरेका हुन्। उनले आठ दलको विचार, दिशा नभएको पनि बताए।

‘राष्ट्रपति खानु भन्दाखेरी कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेलकहाँ सोध्न गए- रामचन्द्रले होइन मलाई नै चाहिन्छ भने,’ उनले भने, ‘आठ दलको बैठकमा उहाँ (नेपाल) ले मलाई केपी कमरेडले भेट्नुभयो। कुरा राम्रो छ, राष्ट्रको बारेमा चिन्ता गर्नुभयो भनेर लामै बोल्नुभयो।’

उनले थपे, ‘ बैठकमै लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एक जुट भएर जानुपर्‍यो नि भन्दा हैन त्यो त रामचन्द्र जीलाई छँदैछ नि। त्यसमा त म सहमत नै छु रे। हेर बुद्धि!’

एमालेलाई प्रमुख पार्टी बनाउन नहुने भन्दै आठ दलमा छलफल भएको पनि उनले बताए। यस्तै उनले आठ दलको पनि व्यंग्य गरेका छन्।

‘अब आठ दल पहिलेको जस्तो होइन। धेरै बलियो भएर आयो किनभने एक जना हिरोइनको गरिमामय उपस्थितिमा त्यो बैठक बस्यो। को हिरोइन त मलाई थाहा भएन, सुनेको मैले,’ उनले भने, ‘अब देशले गरिखाला कि! देशले गरी नखाएपनि आठ दलले खाने जस्तो देखियो भनेर मैले टिप्पणी गरेको थिएँ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।