२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी भएपछी  जसपा नेपालको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्नका तयारी सुरु गरेको छ ।

अध्यादेश आएपछि ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न बाटो खुला भएको हो  । ठाकुर पक्षले दल विभाजन गरी बुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन तयारी गरेको बताएको छ  ।

ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।

ठाकुर पक्षका एक नेताका अनुसार अब नयाँ पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ । ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज समेत उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो कमजोर रहेकाले सो आवाज कमजोर बनेको नेताहरुको भनाइ छ ।

​जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ठाकुर पक्षमा २३ सदस्यहरू रहेका छन् । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) हरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।