२०८३ साउन ३१, आइतवार
  • Shyam chhetri ३ वर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुस्मनी गरेर कहीँ पुग्न नसकिने बताएका छन् । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभामा उनले यस्तो बताएका हुन् ।

कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रियाभित्रैबाट संवाद गरी समाधान गर्न सकिने उनले उल्लेख गरे । मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरिबी नहट्ने उनले बताए ।

“म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु-दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर, तिनलाई शान्तिपूर्ण ढङ्गले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन्,” उनले भने, “त्यसबाट धैर्यतापूर्वक संवादको माध्यमबाट हुनसक्छ । अरू निर्वाचनका माध्यमबाट हुन सक्दछन् । त्यसरी समाधान गरिनुपर्दछ, संवादबाट शान्तिपूर्ण ढङ्गले । हामीलाई शान्ति चाहिन्छ ।”

उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने टिप्पणी गरे । अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्र गर्न सक्ने जिकिर पनि गरे ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।