hacklink hack forum hacklink film izle hacklink onwinjojobetdeneme bonusuhepbethepbet girisvippark girişzlib1xbetbetparkjojobetjojobet
२०८३ असार २, मङ्लबार
  • newsportal ३ वर्ष अगाडि

टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनु भएको छ ।

टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रममा राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै जापानको नेपाली समाज समृद्धिको बाटोमा रहेको र अनुकरण योग्य भएको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित र अनुकरणीय रहेको बताउनु हुँदै दूतावासको टेलिकमको समस्याको समाधान छिट्टै हुने र आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार नहुने र हुन नदिने जिकिर गर्नु भयो ।

कार्यक्रमकै बीचमा राजदूत डा. सुवेदीले जापानको संचारकर्मले जापानी र नेपाली समाजको पुलको रूपमा काम गरिरहेको बताउनु भएको छ । पत्रकार महासंघ र यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार र संस्कृतिलाई जोगाउन टेवा पूर्याएको छ । जापानको नेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पूर्याउन उल्लेखनीय काम गरेको भन्दै राजदूत डा. सुवेदीले प्रशंसा गर्नु भयो।

उक्त समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो । सो स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष रथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राई, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी लगाएत व्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ-संस्थाको नेतृत्वको उपस्थितिमा संस्थापकहरुलाई माया चिनो प्रदान, शुभकामना आदान-प्रदान र चियापान गरेको थियो ।

पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो । कार्यक्रममा संस्थापन समयको इतिहास सुनाउनु हुँदै संस्थापक सभापति तिलक मल्लले पत्रकारिता गर्ने पत्रकारहरुले कडा मेहनत गर्नु पर्ने बताउनु भयो ।

उक्त शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरि उपाध्यक्ष इन्द्रा खनालले स्वागत मन्तव्य र अध्यक्ष शान्त पहरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु