२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिस्टहरु एक भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो हुन नपाएको बताए ।‘सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो’, प्रचण्डको भनाइ छ । प्रचण्डले अहिले नयाँ भूमि आयोग बनेको भन्दै भूमि व्यवस्था मन्त्रालय आफ्नै पार्टीको जिम्मेवारीमा परेकाले भूमि सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको बताए ।

‘पूर्व, मध्य र पश्चिम तीनवटै क्षेत्रमा नमुना जिल्लाहरु छानेर लालपुर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कोशिश गर्ने कामको सुरुवात गर्न भनेको छु’, प्रचण्डको भनाइ छ । उनले केही दिनभित्रै भरतपुरमा सुकुम्वासीहरूलाई लालपुर्जा वितरण हुने आश्वासन समेत दिए ।‘सायद केही दिनभित्र यहाँ लालपुर्जा वितरण र भूमि व्यवस्थापनको काम सुरु हुन्छ । म चुनावमा अर्कोचोटी भोट माग्न आएँ भने लालपुर्जा वितरणले पनि एउटा नयाँ गति लिइसक्छ र तपाईंहरुले आँखा चिम्लेर भोट हाल्नुहुन्छ भन्ने विश्वास छ’, प्रचण्डको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ