२०८३ साउन ११, सोमवार
  • newsportal ४ वर्ष अगाडि

चितवन: केही दिन अगाडी माओबादी पार्टी त्यागेर  नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।

माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज पुनः माओवादी केन्द्रमा फर्किका हुन् । उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका छन । यसअघि पनि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर वि.क. एक सातामै माओवादी केन्द्रमै फर्किएका थिए ।

माओवादी केन्द्र चितवनका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहितका नेताहरु एमालेमा प्रवेश गरेपछि चितवनमा एमालेले पार्टी प्रवेश कार्यक्रम गर्दै माओवादी नेताहरुलाई पार्टीमा स्वागत गर्दैआइरहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ