२०८३ भदौ १, सोमवार
  • newsportal ५ वर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गत असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकको निर्णय अनुसार नेताहरुको कार्यविभाजन गरिएको हो । सो पार्टीले नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई जानकारी गराएको छ ।

अन्तरपार्टी निर्देशनमा सो पार्टीले तात्कालिक कार्ययोजना– २०७८ र बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना समेत देशभरका पार्टी कमिटी तथा संगठनहरुलाई पठाइएको छ । उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ । त्यस अन्तर्गत जनसंगठनका कमिटी पनि पर्दछ । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने छ ।

एकीकृत समाजवादीले विविध कारणले पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिहरूलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तात्कालिक कार्ययोजना बनाएको छ ।

कार्यविभाजन हेर्नुहोस्ः 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।