hacklink hack forum hacklink film izle hacklink onwinjojobetdeneme bonusuhepbethepbet girisvippark girişzlib1xbetcratosroyalbetjojobetjojobet
२०८३ असार २, मङ्लबार
  • newsportal ५ वर्ष अगाडि

 निर्बाचन आयोगको अमत्रणमा छलफलका लागि आयोग पुगेका जसपाको उपेन्द्र समूह र ठाकुर समूह फुट्ने सहमति गरेर फर्केका छन् ।

मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने  छ  जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ ।

अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ। आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए ।  यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु