२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’

सोमबारै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।