२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

एमालेका  सात जना मन्त्रीहरु सर्वोच्च अदालतले गत जेठ ६ गते नियुक्ति बदर गरेपछि मन्त्रि पद गाएका पूर्व माओबादिका सात जना पूर्व संसदहरु आफ्नो संसद र मन्त्रि पद गएपनि सरकारी क्वाटर भने छाडेका छैनन् ।

सर्बोच्चको  फैसला भएको एक साता बित्दासम्म  पनि उनीहरुले फेरी मन्त्रि बन्ने आशामा मन्त्री निवास नछोडेका हुन् ।ताकि सर्वोच्चको फैसलापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटले पनि ७ पूर्वमन्त्रीको नाम हटाइसकेको छ ।

सर्बोच्चले  गैर सांसदलाई पुन मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सर्वोच्चमा छुट्टा छुट्टै रिट दायर गरेका थिए । संविधानको धारा ७८ को उपधारा १ बमोजिम नियुक्त भएका गैर सांसद मन्त्रीहरुलाई मन्त्रीको रुपमा काम कारवाही नगर्नु र गर्न नदिनु भन्दै सर्वोच्चले फैसला सुनाएको थियो ।

सो फैसलापछि गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणिचन्द्र शाह, श्रममन्त्री गौरीशंकर चौधरी र यूवा तथा खेलकुद मन्त्री दावा तामाङको मन्त्री पद गएको थियो ।  तामाङ र थापा बाहेक अन्य ५ जनालाई एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद पद खारेज गराएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ