२०८३ साउन ३१, आइतवार
  • newsportal ४ वर्ष अगाडि

नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाप्रति नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा अल्फा बिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहितको फोटो सार्वजनिक गर्दै बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्।

बस्नेतले अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन्। ‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको?’  बस्नेतकाे प्रश्न छ-
(१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर?

(२) हामीसँग नजिक भएर या फोटो लिएको कारण?
उनी अगाडि लेख्छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’
उनले अराजकता नफैलाउन ‘कथित बुद्धिजीवी’ लाई चेतावनी दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।