२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा केपी ओलीको बिरूद्ध अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समेत ओलीको विकल्प नभएको बताएका थिए ।

तर १० बुँदे सहमति गरेर एमालेमा बसेका उपाध्यक्ष रावलले आइतबार पत्रकार सम्मेलन गरी दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेतृत्वमा दाबी नगर्न ओलीलाई आग्रह

रावलले ओलीलाई फेरि अध्यक्षमा दाबी नगर्न आग्रह गरेका छन् । पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भएर गर्न सक्ने काम गरेको भन्दै उनले भने, उहाँ स्वयंमले केही पहिले नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा नदोहोरिने घोषणा गर्नु भएको हो । त्यसको सम्मानका लागि पनि उमेर र सबै दृष्टिकोणले परिपक्क भएकाले मैले अध्यक्षका लागि उग्रसर हुनु उचित सम्झिएको छु ।’

पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न कठिनाई हुन्छ कि भन्ने लागेको भए ढुक्क भएर आफूमाथि भरोसा गर्न समेत उनले ओलीलाई आग्रह गरे । उनले अघि भने, ‘मैले अध्यक्ष पदको जिम्मेवारी पाए भने उहाँको अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि सदुपयोग गर्न तत्पर छु ।’

अध्यक्ष पदमा आफ्नो उम्मेदवारीलाई सहज रुपमा लिन र आफूप्रति सद्भाव प्रकट गर्न समते उनले अध्यक्ष ओली र अरु नेताहरुलाई आग्रह गरेका छन् ।

रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।