२०८३ साउन ३१, आइतवार
  • Shyam chhetri ३ वर्ष अगाडि

पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।

बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो । घाइतेहरुलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ । सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएदेखि अफगानिस्तानसँगको सीमामा पाकिस्तानमा आक्रमण बढेको छ । अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन ।

यसअघि आइतबार पनि पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी हमलामा चार जनाको मृत्यु भएको थियो । अज्ञात बन्दुकधारीहरूले दुईवटा गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए। पाराचिनारबाट पेशावर जाने बाटोमा आक्रमण भएको हो । हालसम्म कुनै पनि आतंकवादी संगठनले उक्त हमलाको पनि जिम्मेवारी लिएको छैन । यद्यपि, यो क्षेत्र शिया र सुन्नीहरू बीचको साम्प्रदायिक हिंसाका लागि पनि परिचित छ ।

सन् २०२३ मा पाकिस्तानको खैबर पख्तुनख्वामा चार सय १९ आतंकवादी हमला भएको थियो । उक्त हमलामा छ सय २० जनाको मृत्यु भएको थियो । मारिनेमा ३०६ सुरक्षाकर्मी, २२२ सर्वसाधारण र ९२ आतङ्ककारी थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।