२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि गरेको आब्हान  माधवकुमार नेपाल समूहले अश्विकार गरेको छ ।

ओलीको संसद् पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्तावमानै खोट भएको निष्कर्ष निकाल्दै नेपाल समुहले  संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने  निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि धारणा बनाउन नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको सोमबार भर्चुअल बैठक बसेको थियो ।

ओली निकट नेताहरुले यसअघि अनौपचारिक वार्ताहरुमा पनि रिटबाट नेपाल समूहका नेताको हस्ताक्षर फिर्ताको प्रस्ताव राखेका थिए । तर माधव नेपाल निकट नेताहरुले भने पार्टी एकता जोगाउन यो प्रस्ताव नल्याउन आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले अघि सारेका प्रस्तावमा उल्लेख अन्य बुँदाहरू पनि प्रष्ट नभएको बैठकले निचोड निकालेको छ । ‘जेठ ३ भनेको के हो ? जेठ ३ पूर्वको भनेको प्रष्ट भएन । यसबारे प्रष्ट पारिनु पर्छ’, नेताहरुको भनाइ थियो । यसबारे थप प्रष्टता पार्न ओलीसँग आग्रह गरिने भएको छ ।

पार्टी एकताका निम्ति नेता नेपालले ओलीसँग राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्नेमा अहिले पनि अडिग रहने बैठकले निर्णय गरेको छ । तर ओलीले फेरि पनि एकताप्रति इमान्दार प्रयास नगरेर छलछाम गर्न खोजेको नेपाल समूहको आरोप छ । ‘यदि साच्चै एकता चाहेको हो भने प्रष्ट रुपमा हामीले राखेको पार्टी एकतासम्बन्धी प्रस्तावमा उहाँ आउनुपर्छ’, ती नेताले भने ।

ओलीले २ जेठ २०७५ अगाडिको पार्टी संरचना, विधान र नेतृत्वमा फर्किएको उल्लेख नगरी अमूर्त भाषा प्रयोग भएको नेपाल समूहको बुझाइ छ । ‘गल्ती माफी मिनाहा जस्तो कुरा गरिएको छ, तर अध्यक्ष आफैंले गरेको गल्तीबारे केही उल्लेख छैन’, बैठक स्रोत भन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ