२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइएको छ ‘।

शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप भत्काएको हो ।

शुक्रबार समितिले बाहिरबाट मजदुर बोलाएर सो संरचना भत्काएको समिति स्रोतले जनाएको छ ‘। शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचनाबाहेकका संरचना भत्काएर सकिएको छ’ ।

बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्सापासबिनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अन्देखा गरेर बसिरहेको थियो ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।

बताससँग कफी सप राख्ने विषयमा भएको सम्झौताबारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन’ मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिले ३ दिनभित्र प्रतिवेदन दिने बताइएको छ’ ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ