२०८३ साउन ३१, आइतवार
  • newsportal ४ वर्ष अगाडि

काठमाडौं:  सत्ता गठबन्धनमा आफुले चाहेको जस्तो सिट नपाएपछी चिडिएका उपेन्द्र यादब अहीले एमालेसँगको गठबन्धनको निम्ति निरन्तर बार्तामा छ ।

एता सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहदा पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिषलाइ छाडेर उपेन्द्र यादब भने एमाले  अध्यक्ष ओलीसंग छलफलको लागि बालकोट जुटेका छन् ।सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय समेत गरिसकेको छ  । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

जसपा नेताहरका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ । ‘प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्छ’, एमालेका एक नेताले बताएका छन् ।

गठबन्धनमा जसपालाई १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेता भन्छन्, ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।

मधेस केन्द्रित दल र नेताहरुको बिगत वर्तमान सत्ता सक्ति र स्वार्थ केन्द्रित मात्र रहेको देखिएकोले जसपा एमालेसंग गठबन्धन गर्न नसक्ला भन्न सकिन्दैन । यो कुरा थाहा पाएका गठबन्धनलाइ भने अहिले तनाब भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।