२०८३ भदौ ५, शुक्रबार
  • Pramesh Tamu १ महिना अगाडि

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न पुगेका अभियन्ता अन्सारीसहित केही अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार, अविरल वर्षापछि होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुमवासीहरू डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न तथा आवश्यक सहयोग र आवाज उठाउन अन्सारीसहितका अभियन्ताहरू त्यहाँ पुगेका थिए।

अन्सारीले आफूहरू शान्तिपूर्ण रूपमा पीडितहरूको अवस्था बुझ्न पुगेको दाबी गर्दै प्रहरीले कुनै स्पष्ट कारणबिनै दुर्व्यवहार गरेको र त्यसपछि पक्राउ गरेको आरोप लगाएका छन्।

घटनापछि स्थानीय तथा अधिकारकर्मीहरूले डुबानमा परेका सुकुमवासीहरूको सुरक्षा, उचित व्यवस्थापन र घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन्।

यद्यपि, यस घटनाबारे प्रहरीले आधिकारिक रूपमा विस्तृत धारणा सार्वजनिक गरिसकेको छैन। प्रहरीले आफ्नो पक्ष सार्वजनिक गरेपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।