२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका हुन् ।

एमाले महाधविशेनमा व्यक्तिपूजाको झलक देखिएको भन्दै यसले स्टालिन, हिटलर र फासिवाद जन्माउने भट्टराईको भनाइ छ । शनिबार बिहान ट्विटरमा उनले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया! ।’

शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । शुक्रबार उद्घाटनसँगै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । शनिबार बिहान ८ बजेबाट दस्तावेजहरूमाथि समूहगत छलफल भइरहेको छ । एमालेको विधान महाधिवेशनको पहिलो दिन प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको थियो।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नका लागि प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ