२०८३ साउन ११, सोमवार
  • newsportal ३ वर्ष अगाडि

काठमाडौं: अन्तत राजेस पायल राइले प्रेमिका साङबुङ राईसँग औपचारिक रूपमा बिबह दर्ता गरेसंगै यसअघिका हल्लाहरू सत्य साबित भएका छन ।

गायक राजेस पायल राइले  गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका खुलेको छ ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् ।

विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि समेत गरे ।

विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएकी थिइन् । तर राइले इन्कार गर्दै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ