२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का ५ जना बिधार्थी नेता माओबादि केन्द्रको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताहरुबीच आइतबार बिहान प्रचण्ड निवासमा भएको छलफलमा संगठनको अध्यक्ष पन्चासिंह बन्ने भएपछि अन्य ५ अध्यक्षका आकांक्षी विद्यार्थी नेतालाई पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

‘पञ्चाजी संगठनको अध्यक्षको जिम्मेवारी पाउने भएपछि आकांक्षी तपाईंहरु पार्टीको केन्द्रीय समिति सदस्य हुनुभयो, तपाइँहरुमा रहेको जोश, जाँगर र शक्ति पार्टी निर्माणमा खर्चनुस्’, अध्यक्ष प्रचण्डले भनेका छन् ।  माओवादी केन्द्रले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने जनाएको थियो ।

प्रचण्डको घोषणापछि विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ