काठमाडौं-तराई फास्ट ट्रय्ाकः लक्ष्य र उपलब्धि
नेपाली सेनाको व्यवस्थापनमा बनिरहेको फास्ट ट्र्य्ाक काठमाडौं – तराई जोड्ने सबैभन्दा छोटो सडक हो। यो सडक खण्ड ७२.५ कि.मी लामो चार लेनको छ। यसले ८७ वटा पुल र ३ वटा सुरुङ्गमार्ग पनि समेट्ने छ। सुरुङ्गमार्गको लम्बाई ६.४ कि. मी रहने सेनाले जानकारी दिएको छ। सेनाका अनुसार वि.सं २०८१ मा सम्पन्न गर्नेगरि काम द्रुतगतिमा भइरहेको छ। […]