थप २५९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्याे
काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । याेसँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् […]