२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ:  तत्कालिन नयाँ शक्ति हालका जनता  समाजबादी पार्टी  गोरखा पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा प्रहरीले निवासबाट पक्राउ गरेको छ ।

रानाभाटलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जनाएको छ  ।

एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

फेसबुक प्रतिक्रियाहरु