hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusuhepbethepbet girisjojobetsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको सहकार्यमा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दसैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको तस्बिरले प्रथम स्थान हासिल गरेको छ।

यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल गर्दा दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ। स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।

दोस्रो स्थान प्राप्त गरेको प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिर ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई सम्बन्धन गर्दै आएको छ भने कला विकास र यसको उन्नयनमा निरन्तर विविध काम गर्दै आएको छ।
प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए। 

नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायकमण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटो छानेको हो। यस प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

वरिष्ठ फोटोग्राफर अशेष राजवंशीले नेपालमा फोटोग्राफी संस्कृतिको विकास हुँदै छ भन्ने यस प्रतियोगिताले देखाएको बताउँदै फोटो खिच्ने हेर्ने तरिका र देखाउन खोजेको कुरा स्पष्ट पार्ने तस्बिर नै राम्रो हुने बताए।

फोटोहरु राम्रो आएको छ, प्रथम हुने फोटोले सरल जनजीवन र खुशीलाई सरल रूपमा उतारिएको छ भने नेपाली परिवेश र मौलिकता झल्किएको केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकारले बताए।

फोटोका सर्जकलाई राष्ट्रिय स्तरको प्रतियोगितामा समावेश गराउने मात्र नभई उत्कृष्ट सर्जकलाई पुरस्कारबाट प्रोत्साहित गर्ने र ‘कला फोटोग्राफी’को व्यापकतालाई अझ बढाउने यसको उद्देश्य रहेको प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले बताए। 

प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ। यसै कार्यक्रममा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि गरिनेछ। प्रदर्शनी  २०७७ पौष १७ सम्म चल्नेछ।

फेसबुक प्रतिक्रियाहरु