२०८१ पुस २७, शनिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

यदी हामी कुनै पनि कार्यमा विज्ञ बन्न चाहन्छौ भने हामीले आफ्नो एकाग्रतालाई बढाउनु पर्ने हुन्छ । एकाग्रकताका साथ गरिएको हरेक कार्यमा सफलता प्राप्त हुने संभावना सर्व स्वीकार्य भैसकेको छ । शरीरमा उर्जाको संचय तव मात्र हुन्छ जव शरीरलाई उर्जा बृद्धि गर्ने पर्याप्त समय प्राप्त हुन्छ । मानिसले ध्यानमा रहेर आफ्नो शरीरका लागि मानसिक र शारीरिक उर्जा संकलन गर्न पर्याप्त समय प्राप्त हुन्छ ।

ध्यानबाट नै एकाग्रतामा वृद्धि हुन्छ । एकाग्रता कुनै पनि कार्यलाई समयमै सफलतापूर्वक सम्पन्न गर्न पहिलो सिढीका रुपमा लिइन्छ । मनलाई एकाग्र नगरी कुनै पनि उपलब्धि हासिल गर्न सकिँदैन । जवसम्म हामी मनलाई एकाग्र गर्दैनौ तव सम्म हामी कुनै कुरा सिक्न सक्दैनौ । यसैले सवैभन्दा जरुरी आफ्नो मनलाई नियन्त्रणमा लिनु पर्दछ । कुनै पनि कार्य गरी रहँदा मनलाई एकाग्र बनाई रहनु पर्दछ ।

एकाग्रताबाट तीन फाइदा प्राप्त हुन्छ । पहिलो शरीर भित्र शक्तिको प्रादुर्भाव हुन्छ, दोस्रो धैर्यताको जागरण हुन्छ र तेस्रो शक्ति, धैर्यको परिणामबाट हामी साहसी बन्दछौ । एकाग्रताकोे यी फाइदाबाट हामीलाई सवै कार्यमा सफलता प्राप्त हुन्छ । भक्तिमा एकाग्रता बनाई राख्न सक्दा भगवानको कृपा चाँडै नै प्राप्त हुन सक्ने ज्ञानीहरु बताउँछन । इतिहासले पनि यही देखाउँछ कि संसारमा जो जो व्यक्ति सफल भए ति सवै एकाग्र चित्तका रहे ।

एकाग्र चित्त हुने प्रयास मनुष्यले दैनिक नियमित रुपमा गर्नु पर्दछ । यसको सिधा तरिका भनेको कुनै पनि कार्य शुरु गर्नु पूर्व बेकारका चिन्तन र गतिविधिहरुको त्याग गरी दिनु हो । मनुष्यले जे पनि गर्नु पर्नेछ, सोच्नु पर्नेछ, त्यो कार्य आफ्नो संकल्प पुरा नहुञ्जेल गर्दिन भनेर बस्न सक्नु पर्छ । यो दृढताले मनुष्यलाई विस्तारै एकाग्र चित्त बनाई दिन्छ । हामी जति एकाग्र चित्त हुन्छौ त्यति नै जागृत रहन्छौ ।

फेसबुक प्रतिक्रियाहरु