२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

मंडी । भारतको हिमाचल राज्यस्थित मंडीमा डाक्टहरले शल्यक्रिया गरी ३५ बर्षिय एक युवकको पेटबाट नौ ओटा चम्चा, दुई टुथब्रस र एकएक ओटा चक्कु र स्क्रू ड्राइभर निकालेका छन ।
यो शल्यक्रिया एसएलबी मेडिकल कलेजका डाक्टरहरुको एउटा टीमले गरेको थियो । अस्पतालका अनुसार, ती बिरामी अहिले पूर्णतया ठीक भइसकेका छन ।
शल्यक्रिया गर्नेमध्येका एक डा. रणेश चौहानले भने, ‘जब विरामीलाई अस्पताल ल्याइ पुर्याइएको थियो, त्यतिबेला उनको अवस्था खराब थियो । हामीले शल्यक्रिया गर्ने निर्णय लियौं । उनी मानसिक रोगी थिए ।’


मेडिकल भाषामा यसलाई ‘बिजोआर बिरामी’ भन्छन–
डा. चौहानका अनुसार, मानसिक रोगका जो कोही बिरामी यस्ता चिजहरु सहजै निल्न सक्छन । उनीहरुलाई थाहानै हुँदैन कि म के खाइरहेको छु भन्ने । जबकी सामान्य मान्छेले यस्ता चिज आफ्नो गलाबाट निल्न नै सक्दैन । जब पेटमा समस्या हुन थाल्छ अनि मात्र मान्छेले के खाएको छ भन्ने थाहा पाइन्छ । यसप्रकारका बिरामीलाई मेडिकल भाषामा ‘बिजोआर बिरामी’ को नामबाट जान्ने÷बुझ्ने गरिन्छ ।
(एजेन्सीको सहयोगमा)

फेसबुक प्रतिक्रियाहरु