२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

गुजरात । अहमदाबादमा अहिले सामाजिक सञ्जालमा गोबर ‘कोटेड’ कारको धेरै चर्चा भइरहेको छ । मान्छेहरुले उक्त कारको फोटो शेयर मात्र होइन की यो आइडिया को खुबै प्रशंसा पनि गरिराखेका छन ।
यतिबेला त्यहाँको तापक्रम ४५ डिग्री पुगिसकेको छ । यसैबेला त्यहाँकी एक महिलाले गर्मीबाट बच्न आफ्नो कार गोबरले पोतेकी छन ।
जब रुपेश गोरांग नामका एक व्यक्तिले उक्त कार देखेर त्यसको फोटो फेसबुकमा शेयर गरे, त्यसपछि त उक्त फोटो भाइरल हुन धेरै समय नै लागेन । फोटोमा टोयोटाको प्रीमियम कार कोरोला देखिन्छ । रुपेशले गोबरले पोतेको उक्त कारको फोटो फेसबुकमा राख्दै लेखेका छन– मैले गोबरको योभन्दा राम्रो प्रयोग देखेको थिईंन ।
गोबरको महत्व
जानकारहरुका अनुसार, कारको माथि गोबर लगाउँदा त्यसले बाहिरी तातोपनालाई भित्र आउन दिंदैन र कारको भित्रीबाट तातो हुनबाट जोगिन्छ । अर्थात गोबरले इन्सुलेटर को काम गर्छ ।
आज पनि ग्रामीण भेकका घरका भित्ताहरु गोबर वा गोबर माटो मिसाएर टाल्ने गरिन्छ । किनभने गोबरले जाडोमा न्यानो र गर्मीमा शितल बनाउने गर्छ ।
गोबर प्राकृतिक कीटाणुनाशक र लामखुट्टे धपाउनका लागि पनि प्रयोग गरिन्छ ।
(एजेन्सीको सहयोगमा)

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।